ad ad

खेल


नेपाली क्रिकेट टिमलाई पाकिस्तानी क्रिकेटर रिजवानको बधाई, भने– ‘सी यु इन वर्ल्डकप!’

नेपाली क्रिकेट टिमलाई पाकिस्तानी क्रिकेटर रिजवानको बधाई, भने– ‘सी यु इन वर्ल्डकप!’

नेपालखबर
कात्तिक १७, २०८० शुक्रबार १८:१४, काठमाडौँ

विश्वकपमा छनोट भएको नेपाली क्रिकेट टिमलाई पाकिस्तानका क्रिकेटर मोहम्मद रिजवानले बधाई दिएका छन्। 

शुकबार यूएईलाई ८ विकेटले हराउँदै अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा स्थान बनाएको नेपाली टोलीको प्रशसां गर्दै उनले नेपाली टोली विश्वकपका लागि योग्य भएको लेखेका छन्।

कप्तान रोहित पौडेल र अलराउन्डर करण केसीको तस्बिर समेत सेयर गर्दै रिजवानले लेखेका छन्, ‘बधाई टिम नेपाल! तिमिहरू साँच्चै विश्वकपका लागि योग्य छौं।

२०२४ मा हुने विश्वकपमा भेट्ने भन्दै उनले अघि थपे, ‘सी यु इन वर्ल्डकप!’

रिजवान पाकिस्तानका उत्कृष्ट ब्याट्सम्यान हुन्। एसिया कपमा नेपाली क्रिकेट टोलीको प्रदर्शन देखेका रिजवानले विश्वकपमा छनोट भएलगत्तै खुसी व्यक्त गरेका हुन्। 

शुक्रबार भएको खेलमा यूएईलाई ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपमा छनोट भएको हो।

यो सँगै नेपालले ९ वर्षपछि विश्वकपमा छनोट भएको हो। नेपालले यसअघि सन् २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .