ad ad

खेल


विश्वकप क्रिकेट : न्युजिल्यान्डविरुद्ध पाकिस्तानको जितले रोचक बन्यो सेमिफाइनल समीकरण

विश्वकप क्रिकेट : न्युजिल्यान्डविरुद्ध पाकिस्तानको जितले रोचक बन्यो सेमिफाइनल समीकरण

नेपालखबर
कात्तिक १९, २०८० आइतबार ७:२५, काठमाडौँ

विश्वकप क्रिकेटको महत्त्वपूर्ण खेल वर्षा रोकेपछि पाकिस्तानले न्युजिल्यान्डलाई २१ रनले हराएको छ। 

पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ४ सय १ रन बनाएको थियो, जवाफमा पाकिस्तानले २५ दशमलव ३ ओभरमा एक विकेट गुमाएर २०० रन बनाए पनि वर्षाले दोस्रोपटक खेल अवरुद्ध गरेको थियो। त्यसपछि अम्पायरले डकवर्थ लुइस नियमका आधारमा पाकिस्तानलाई विजयी घोषणा गरेका हुन्। 

यससँगै सेमिफाइनलको दौड पनि निकै रोमाञ्चक बनेको छ किनभने ४०१ रन बनाएको न्युजिल्यान्डलाई पराजित गर्दै पाकिस्तानले अन्तिम चारमा पुग्ने सम्भावना कायमै राखेको छ।

भारतको अंक तालिकामा १४ अंक छ र यसअघि नै सेमिफाइनलमा पुगेको छ।

अर्कातर्फ दक्षिण अफ्रिका पनि १२ अंकसहित दोस्रो स्थानमा छ। त्यसैले अस्ट्रेलियाको टोली (हाल इंग्ल्यान्डसँग खेलिरहेको) राम्रो रन रेटका कारण ८ अंकसहित तेस्रो स्थानमा छ।

Pakistan win by 21 runs on DLS

A @FakharZamanLive masterclass for the ages as Pakistan bag two points! #NZvPAK | #CWC23 | #DattKePakistani pic.twitter.com/1SGycfJs0V

— Pakistan Cricket (@TheRealPCB) November 4, 2023

अंक तालिकामा न्युजिल्यान्ड चौथो र पाकिस्तान पाँचौं स्थानमा छन् तर दुवै टोलीको नेट रनरेटको अन्तर मात्र ०.३६२ छ।

पाकिस्तानका लागि यसो हुनुपर्छ 
सबैभन्दा पहिले पाकिस्तानको सहजताका लागि न्युजिल्यान्डले आफ्नो अन्तिम खेल श्रीलंकासँग हार्नुपर्छ। 

यसपछि पाकिस्तानले आफ्नो अन्तिम खेल इंग्ल्यान्डसँग जित्नुपर्छ। यस्तो अवस्थामा पाकिस्तान अंकको आधारमा अगाडि हुनेछ।

कथं न्युजिल्यान्डले अन्तिम खेल जित्यो भने पनि पाकिस्तानसँग नेट रन रेटका आधारमा उसलाई उछिन्ने मौका बाँकी रहनेछ। 

बाधक बन्नसक्छ अफगानिस्तान  
न्युजिल्यान्डसँगै पाकिस्तानलाई अफगानिस्तानबाट पनि खतरा छ।

अफगानिस्तानको पनि अंक तालिकामा ८ अंक छ तर यसको नेट रन रेट –०.३३० छ तर अझै दुई खेल खेल्न बाँकी छ।

तर, उसले यी खेल अस्ट्रेलिया र दक्षिण अफ्रिकासँग खेल्नुपर्नेछ।

त्यसैले इंग्ल्यान्डविरुद्ध जितसँगै पाकिस्तानले अफगानिस्तानले पनि आफ्ना दुवै खेल हार्ने अपेक्षा राख्छ। 

तर अफगानिस्तानले यस प्रतियोगितामा ठूलै परिवर्तन ल्याएमा एक वा दुवै खेल जित्ने सम्भावना पनि छ।

अफगानिस्तानले दुवै खेल जितेको खण्डमा भने न्युजिल्यान्ड र पाकिस्तान दुवै सेमिफाइनलबाट बाहिरिनेछन्।

यदि अफगानिस्तानले एक खेल मात्र जित्यो तथा पाकिस्तान र न्युजिल्यान्डले आफ्ना अन्तिम लिगमा विजय हासिल गरे भने सेमिफाइनल पुग्ने टोली नेट रन रेटको आधारमा तय हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .