ad ad

खेल


आइसीसी टी-२० एसिया छनाेट : दीपेन्द्रसिंह ऐरिले आज नखेल्ने

आइसीसी टी-२० एसिया छनाेट : दीपेन्द्रसिंह ऐरिले आज नखेल्ने

फाइल तस्बिर


नेपालखबर
कात्तिक १९, २०८० आइतबार १०:१५, काठमाडौँ

अलराउण्डर दीपेन्द्रसिंह ऐरिले आइसीसी टी-२० एसिया क्षेत्र छनोटको फाइनलमा नखेल्ने भएका छन्। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानविरुद्ध हुने फाइनलमा उनले नखेल्ने भएका हुन्। दीपेन्द्रसिंह ऐरीको स्थानमा सन्दीप जोरालाई राखिएकाे छ। 

चोटका कारण समूह चरणका सबै खेल गुमाएका दीपेन्द्र यूएईविरुद्धको सेमिफाइनलमा भने मैदान उत्रिएका थिए। तर आजको फाइनलमा भने उनी टोली बाहिर बस्ने पक्का भएको छ। 

सेमिफाइनलमा नेपालले यूएईलाई ८ विकेटले हराउँदै ओमानसँगको भेट पक्का गरेको थियो। 

यता ओमानले भने बहराइनलाई १० विकेटको सानदार जित निकाल्दै उपाधि नजिक पुगेको थियो। 

यसअघि नै सेमिफाइनलका खेल जित्दै नेपाल र ओमान दुवै टोलीले सन् २०२४ मा हुने विश्वकपमा स्थान बनाइसकेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .