विश्वकप क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा रहेका भारत र दक्षिण अफ्रिकाबीच कोलकातामा प्रतिस्पर्धा भइरहेको छ।
कोलकाताको ईडन गार्डन्स स्टेडियममा भइरहेको खेलमा अहिले भारतले टस जितेर ब्याटिङ गरिररहेको छ।
टिमले पूरै ५० ओभर खेल्दै ५ विकेटको क्षतिमा ३२६ रन बनाएको छ। भारतको स्कोर ३ सय माथि लैजाने क्रममा विराट कोहली र रवीन्द्र जडेजा राम्रो साझेदारी गरे।
त्यसक्रममा विराटले एक दिवसीको ४९ औँ शतक पूरा गरे। उनले सचिन तेन्दुलकरको एक दिवसीयमा सर्वाधिक शतकको विश्वकीर्तिमान पनि भेट्टाएका छन्।
विराट आफ्नो जन्मदिनमा विश्वकपमा शतक बनाउने पहिलो भारतीय तथा विश्वका सातौँ ब्याटर भएका छन्।
सूर्यकुमार २२ रन बनाएर आउट भए। केएल राहुल ८ रन बनाएर आउट भए। श्रेयस अय्यर ७७ रन बनाएर आउट भए।
अय्यरले १७ औँ एक दिवसीय अर्धशतक पूरा गरे। उनले यस विश्वकपमा लगातार ५० हाने। अय्यरले कोहलीसँग १३४ रनको साझेदारी गरे।
शुभमन गिल २३ रन बनाएर आउट भए। कगिसो रबाडाले भारतीय कप्तान रोहित शर्मा २४ बलमा ४० बनाएको अवस्थामा क्याच आउट भए।
Shares
प्रतिक्रिया