नेमार र ग्रीजम्यान दुई उदाहरण मात्र हुन्, जसले बार्सिलोनाबाट खेल्न चाहिरहेका छन्।
नेमार आफ्नो सुन्दर भविष्यको कल्पना गरेर बार्सालाई छाडेर पीएसजी पुगेका थिए।
तर यतिबेला उनी बार्सा आउन हर संभव प्रयास गरिरहेका छन्। सन् २०१७ मा बार्सा छाडेर नेमार पीएसजी पुगेका थिए।
उनले बार्साविरुद्ध बोनस रकम नदिएको मुद्धासमेत लगाएका छन्। यतिबेला उनी बार्साले पुनः अनुबन्ध गरे मुद्धा फिर्ता गर्न तयार छन्।
ग्रीजम्यान बार्साका पूर्व खेलाडी होइनन्। तर गत सिजनको सुरुवातमा बार्साले उनलाई अनुबन्ध गर्न चाहेको थियो।
बार्साले एथ्लेटिको मड्रिडबाट ग्रीजम्यान किन्ने औपचारिक धारणा नै व्यक्त गरेको थियो। बार्साका स्टार लियोनल मेस्सीले पनि बार्सा ग्रीजम्यान आए क्लब अझ बलियो हुने अभिव्यक्ति दिएका थिए।
यतिबेला ग्रीजम्यानले एथ्लेटिको मड्रिड छाडेर बार्सिलोना आउन चाहिरहेका छन्। बार्सा ग्रीजम्यानलाई ल्याउन तयारसमेत रहेको मार्काले जनाएको छ।
यद्यपी ग्रीजम्यान लगे बार्साले उसको खेलाडी नेल्सन सेमिडो दिनुपर्ने एथ्लेटिकोको माग छ। जुन बार्सा कदापी चाहँदैन।
नेमार र ग्रीजम्यान मात्र बार्सिलोनालाई लिएर पश्चताप गर्ने खेलाडी होइनन्। अन्य खेलाडीहरु पनि छन् जसले बार्सा छाडेर पश्चताप गरेका थिए।
सन् १९९५–१९९६ को सिजनामा हरिस्टो स्टियोचेकोभले बार्सा छाडेका थिए। तर एक सिजन पछि नै उनी बार्सा नै राम्रो क्लबभन्दै फर्किएका थिए।
इभान डि ला पेनाले समेत बार्साले वेवास्ता गरेकोभन्दै क्लब छाडेका थिए, पछि उनी पुनः अनुबन्ध भए।
उनीहरुसँगै जिरार्ड पिके, सेस फ्याब्रीगास, जोर्डी अल्बा, एलेक्सी भिडाल र जिरार्ड डेउलोफेउ पनि सुरुवातमा बार्सा छाडेर पुनः अनुबन्ध हुने खेलाडीहरु हुन्।
Shares
प्रतिक्रिया