ad ad

खेल


नेपालको खेलकुद विकासका लागि आवश्यक सहयोग गर्छौं : क्याप्टेन हुसेन मुसल्लम

नेपालको खेलकुद विकासका लागि आवश्यक सहयोग गर्छौं : क्याप्टेन हुसेन मुसल्लम

नेपालखबर
कात्तिक २२, २०८० बुधबार ६:१६, काठमाडौँ

नेपाल भ्रमणमा रहेका वर्ल्ड एक्वेटिक्सका अध्यक्ष क्याप्टेन हुसेन मुसल्लमले नेपाल जस्ताा विकासोन्मुख देशको खेलकुदको विकासका लागि आवश्यक सहयोग गर्ने बताएका छन्।

नेपाल पौडी संघको आयोजनामा मंगलबार ललितपुरमा भएको एक कार्यक्रममा उनले नेपाली पौडीको विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। 

पछिल्लो समय वर्ल्ड एक्वेटिक्सको प्राथमिकताहरु परिर्वतन भएको चर्चा गर्दै क्याप्टेन हुसेनले अब नेपाल जस्ता विकासोन्मुख देशको खेल क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्ने बताए।

उनले आफ्नो नेपाल भ्रमण नेपालको खेल क्षेत्रको विकासका लागि प्रतिबद्धता जनाउनकै लागि भएको बताए। 

‘हामी नेपाली प्रशिक्षक उत्पादन तथा भौतिक संरचना निर्माणमा समेत सहयोग गर्ने छौँ,’ उनले भने, ‘पौडीलाई विद्यालय शिक्षाकै रुपमा विकास गर्नु आवश्यक छ।’ उनले आफ्नो अर्को नेपाल भ्रमणमा नेपालको पौडी खेलमा केही परिर्वतन देख्न चाहेको बताए। 

कार्यक्रममा पौडी एसोसियसनका महासचिव जगतमान श्रेष्ठले हुसेनको नेपाल भ्रमणका लागि धन्यवाद दिदैँ नेपालमा पौडी क्षेत्रको विकासमा उहाँको आगमनले थप योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .