ad ad

खेल


साविक विजेता म्यानचेस्टरको सहज जित, योङ ब्वाइज फराकिलो अन्तरले पराजित

साविक विजेता म्यानचेस्टरको सहज जित, योङ ब्वाइज फराकिलो अन्तरले पराजित

नेपालखबर
कात्तिक २२, २०८० बुधबार ११:४६, काठमाडौँ

युरोपेली च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति भएको खेलमा साविक विजेता म्यानचेस्टर सिटीले सहज जित हासिल गरेको छ।

गएराति भएको समूह ‘जी’को खेलमा सिटीले १० खेलाडीमा सीमित योङ ब्वाइजलाई ३–० को फराकिलो अन्तरले हराएको हो। 

सिटीको जितमा एर्लिङ हालान्डले दुई तथा फिल फोडेनले एक गोल गरे।

खेलको २३औं मिनेटमा हालान्डले पेनाल्टीमा गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए।

योङ ब्वाइजका लाउपरले सिटीका म्याथियस नुनेसलाई पेनाल्टी एरियामा लडाएपछि सिटीले पेनाल्टी अवसर पाएको थियो। जुन मौकालाई हालान्डले खेर जान दिएनन्। 

पहिलो हाफमा अन्तिम मिनेटमा फोडेनले सिटीको अग्रता दोब्बर पारे। खेलको ५१औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३–० को अवस्थामा ल्याए। 

खेलको ५३औं मिनेटमा योङ ब्वाइज १० खेलाडीमा सीमित भयो। सान्ड्रो लाउपर दोहोरो पहेँलो कार्ड खादै मैदान छाडे। 

गएराति नै भएको समूह‘जी’को अर्को खेलमा आरबी लाइपजिगले रेडस्टार बेलग्रेडविरुद्ध २–१ को साँघुरो जित हासिल गरेको छ। 

समूह‘जी’मा रहेको सिटी ४ खेलबाट १२ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ। समान खेलबाट लाइपजिग ९ अंकसहति दोस्रो स्थानमा छ। 

रेडस्टार १ अंकमा तेस्रो र योङ ब्वाइज १ अंकसहित पुछारमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .