ad ad

खेल


बाबर आजमलाई उछिन्दै शुभमन गिल एकदिवसीय वरीयताको पहिलो नम्बरमा

बाबर आजमलाई उछिन्दै शुभमन गिल एकदिवसीय वरीयताको पहिलो नम्बरमा

शुभमन गिल


नेपालखबर
कात्तिक २२, २०८० बुधबार १९:५, काठमाडौँ

भारतीय क्रिकेट टोलीका ओपनर शुभमन गिल आईसीसी एकदिवसीय ब्याट्सम्यानको वरीयतामा पहिलो स्थानमा पुगेका छन्।

पछिल्लो वरीयतामा उनले पाकिस्तानका बाबर आजमलाई पछि पारेका छन्। यसअघिसम्म बाबर आजम पहिलो स्थानमा थिए।

शुभमन गिल यो वर्ष उत्कृष्ट फर्ममा छन्। उनले यो वर्ष खेलेका २६ ओडीआई खेलमा पाँच शतकको सहयोगमा १४४९ रन बनाएका छन्।

विश्वकपको सुरुमा गिल फिट थिएनन् तर मैदानमा फर्किएदेखि उनले ब्याटिङमा राम्रो प्रदर्शन गरिरहेका छन्। उनले विश्वकपका ६ खेलमा २१९ रन बनाएका छन्।

शीर्ष १० ब्याट्सम्यानमा भारतका विराट कोहली चौथो र कप्तान रोहित शर्मा छैटौं स्थानमा छन्।

विराट कोहलीले जारी विश्वकपमा दुई शतक प्रहार गरेका छन्।

दक्षिण अफ्रिका विरुद्ध अविजित १०१ रन बनाएर उनले सचिन तेन्दुलकरको ४९ ओडीआई शतकको संख्या बराबरी गरे।

बलरमा सिराज नम्बर १
यस्तै मोहम्मद सिराज आईसीसीको पछिल्लो एकदिवसीय बलरको वरीयतामा पहिलो स्थानमा छन्।

विश्वकपमा उत्कृष्ट प्रदर्शन गरिरहेका कुलदीप यादव चौथो, जसप्रित बुमराह आठौं र मोहम्मद शामी १०औं स्थानमा छन्। 

दक्षिण अफ्रिकाका केशव महाराज दोस्रो र पाकिस्तानका शाहिन अफ्रिदी पाँचौं स्थानमा छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .