ad ad

खेल


एन्फाको साधारणसभा आज, अध्यक्ष बर्खास्ती एक मात्र एजेन्डा

एन्फाको साधारणसभा आज, अध्यक्ष बर्खास्ती एक मात्र एजेन्डा

नेपालखबर
कात्तिक २३, २०८० बिहिबार १०:३०, काठमाडौँ

अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभा हेटौँडामा सुरु हुँदै छ। 

साधारणसभा ९ बजे सुरु हुने भनिए पनि यो खबर लेख्दासम्म सुरु हुन नसकेको एक सदस्यले जानकारी दिएका छन्। 

साधारणसभामा ७ बजे रिर्पोटिङ र ९ बजे  सुरु गर्ने भनिएको थियो। 

साधारण सभामा अध्यक्ष पंकज नेम्वाङको बर्खास्तीको एक एजेन्डामात्र प्रस्तुत हुनेछ। 

गत असोज १७ गते बसेको एन्फा कार्यसमितिको बैठकले विशेष साधारणसभामा एकमात्र विषयका रुपमा नेम्वाङको बर्खास्तीका सम्बन्धमा निर्णायार्थ पेस गर्ने निर्णय गरेको थियो। 

गत भदौ २५ गते ४९ सदस्य संस्थाले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईको बर्खास्तीको माग गर्दै प्रस्ताव पेस गरेको थिए।

४९ सदस्यले अध्यक्ष र महासचिव किरण राईको बर्खास्तीको प्रस्ताव साधारणसभामा प्रस्तुत गर्ने भनिए पनि अध्यक्षको प्रस्ताव मात्र कार्यसमितिले निर्णय गर्ने अधिकार भएकाले सोही प्रस्ताव मात्र साधारणसभामा प्रस्तुत गर्ने निर्णय बैठकले गरेको थियो। 

एन्फामा १ सय ५ मध्ये ८७ संस्थाका प्रतिनिधिसँग मताधिकार छ। 

आजको साधारणसभामा बर्खास्तीका पक्षमा दुईतिहाइ पुगे नेम्वाङ पदमुक्त हुनेछन्।

यसअघि विशेष साधारणसभा रोक्न माग भए पनि उच्च अदालत पाटनले अन्तरिम आदेश जारी नहुने आदेश दिएसँगै आज सभा हुन लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .