ad ad

खेल


कोपनहेगनसँग हार्‍यो युनाइटेड

कोपनहेगनसँग हार्‍यो युनाइटेड

नेपालखबर
कात्तिक २३, २०८० बिहिबार ११:१७, काठमाडौँ

मार्कस रासफोर्डले रातो कार्ड पाएको युरोपेली च्याम्पियन्स लिगअन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ। 

समूह एको खेलमा १० खेलाडीमा सीमिति म्यानचेस्टर युनाइटेड एफसी कोपनहेगनसँग ४–३ गोल अन्तरले हारेको हो। 

रोमाञ्चक खेलको तेस्रो मिनेटमै रास्मस होइलन्डको गोलमा युनाइटेडले सुरुवाती अग्रता लिएको थियो। २८औँ मिनेटमा होइलन्डले नै व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे। 

खेलको ४२औँ मिनेटमा मार्कस रासफर्डले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि युनाइटेड १० खेलाडीमा सीमित भएको थियो। 

खेलको ४५औँ मिनेटमा मोहम्मद एल्युनुसीले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए। 

पहिलो हाफमा थप गरिएको १३ मिनेटमा नवौं मिनेटमा पेनाल्टीमा गोल गर्दै कोपनहेगन बराबरीमा आयो। 

ह्यारी मग्वायरले बल हातले छोएपछि कोपनहेगनका लागि डियोगो गोन्कालभेसले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। 

दोस्रो हाफमा युनाइटेडले पुनः अग्रता बनायो। ६८औँ मिनेटमा कोपनहेगनका लेरागरले बक्समा ह्यान्ड गरेपछि युनाइटेडले पेनाल्टी अवसर पाएको थियो। जसमा कप्तान ब्रुनो फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए।

८३औँ मिनेटमा लेरागरले पुनः बराबरी गोल गर्दै खेललाई ३–३ को स्थितिमा ल्याए। तर ८७औँ मिनेटमा कोपनहेगनका रुनी बार्डघजिले गोल गर्दै रोमाञ्चक जित दिलाए। 

सोही समूह अन्र्तगत गएराति नै भएको खेलमा बायर्न म्युनिखले गालाटासारायलाई २-० ले हराएको छ। 

बायर्नको जितमा ह्यारी केनले नै दुई गोल गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .