हङकङमा हुने चार देश सम्मिलित टी-२० आई सिरिजका लागि अलराउन्डर इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय अन्तिम टोली घोषणा भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार इन्दुको कप्तानी र विन्दु रावलको उपकप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो।
यसअघि राष्ट्रिय टोलीको कप्तान रहेकी रुविना टोलीको सदस्यका रुपमा छिन्। टोलीको बन्द प्रशिक्षण भोलि शुक्रबारदेखि सुरु हुनेछ।
नेपाली टोली :
इन्दु बर्मा (कप्तान), बिन्दु रावल (उपकप्तान), रुविना क्षेत्री, सीता रानामगर, अस्मिना कर्माचार्य, काजल श्रेष्ठ, कञ्चन श्रेष्ठ, सोमु विष्ट, पुजा महतो, रोमा थापा, संगीता राई, खुसी डंगोल, सम्झना खड्का र सोनी पाख्रिन।
45
Shares
प्रतिक्रिया