ad ad

खेल


लिभरपुलका फरवार्ड डियाजका बुवा १३ दिनपछि अपहरणमुक्त

लिभरपुलका फरवार्ड डियाजका बुवा १३ दिनपछि अपहरणमुक्त

नेपालखबर
कात्तिक २४, २०८० शुक्रबार ८:४१, काठमाडौँ

लिभरपुलका फरवार्ड लुइस डियाजका बुवा अपहरणमुक्त भएका छन्।

कोलम्बियामा जन्मिएका फुटबलर डियाजका बुवालाई वामपन्थी छापामारले अपहरण गरेको १३ दिनपछि रिहा गरेको स्थानिय सञ्चारमाध्यमले जनाएका छन्। 

लुइस मानुएल डियाजलाई राष्ट्रिय मुक्ति सेनाका सदस्यले संयुक्त राष्ट्रसंघ र क्याथोलिक चर्चका अधिकारीको जिम्मा लगाएका थिए। 

उनलाई २८ अक्टोबरमा उनको गृहनगर ब्यारान्कासबाट अपहरण गरिएको थियो। डियाजकी आमालाई पनि नियन्त्रणमा लिइएको थियो तर उनलाई केही घण्टामै रिहा गरेको थियो। 

स्थानीय मिडियाका अनुसार डियाज भल्लेदपुर सहर पुगेका थिए। उनी परिवारमा फर्किनुअघि उनको स्वास्थ्य परिक्षण गरिएको थियो। जहाँ उनको शरीरमा दुर्व्यवहारको कुनै संकेत वा लक्षण थिएनन्। 

डियाजको बुवाको रिहाइपछि क्लबले भनेको छ, ‘हामी लुइस डियाजको बुवाको रिहाइको खबरले हर्षित छौँ र हामी उहाँको सुरक्षित फिर्तीमा सहयोग गर्ने सबैलाई धन्यवाद दिन्छौँ।’ 

एल टाइम्पो अखबारका अनुसार, लुइसका परिवार खुसी मनाउन ड्राइभमा निस्केका थिए, जुन दृश्यले छिमेकीका आँखा हर्षले रसाएका थिए। तीमध्ये धेरैले २३ नम्बर र लुइस डियाज नाम भएको लिभरपुलको जर्सी लगाएका थिए। 

कोलम्बियाली फुटबल महासंघले विज्ञप्ति जारी गर्दै लुइस म्यानुयल डियाजको रिहाइका लागि सरकार, सेना र प्रहरीलगायत जिम्मेवार सबैलाई धन्यवाद दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .