विश्वकप क्रिकेटको फाइनलमा कुन–कुन टोलीबीच प्रतिस्पर्धा होला?
फाइनल खेल हुन अझै एक साता बाँकी छ तर यो प्रश्नमा बहस सुरु भइसकेको छ।
पाकिस्तानका दिग्गज क्रिकेटरले भारतीय टोली फाइनलमा पुग्न सक्ने विश्वाश व्यक्त गरेका छन्। दोस्रो टोली को होला भन्ने विषयमा पनि अड्कलबाजी भइरहेको छ।
पाकिस्तानका पूर्वक्रिकेटर मिसबाह उल हकले फाइनलमा भारत र दक्षिण अफ्रिकाको भेट हुनसक्ने अनुमान गरेका छन्। सोएब मलिक भने फाइनलमा भारत र अस्ट्रेलियाबीच भिडन्त हुने आकलन गर्छन्।
एक च्यानलसँग कुरा गर्दै पाकिस्तानका पूर्व कप्तान मिसबाह उल हकले भनेका छन्, ‘भारतीय टोली धेरै सन्तुलित देखिन्छ, तर पनि भारत, अस्ट्रेलिया र दक्षिण अफ्रिकासँग एकअर्कालाई हराउने क्षमता छ। खेलको दिन राम्रो खेल्ने टोलीले जित्न सक्छ।’
पाकिस्तानको विश्वकपको सेमिफाइनल पुग्ने सपना चकनाचुर भएको छ।
न्युजिल्यान्डले भने श्रीलंकालाई हराउँदै सेमिफाइनलमा पुग्ने दाबी बलियो बनाएको छ।
पाकिस्तानको समूह चरणको अन्तिम खेल आज कोलकाताको इडेन गार्डेनमा हुँदैछ। जहाँ उसले इंग्ल्यान्डसँग भिड्नेछ।
Shares
प्रतिक्रिया