ad ad

खेल


गृहजिल्ला सर्लाहीमा क्रिकेटर गुल्सन झालाई अभिनन्दन

गृहजिल्ला सर्लाहीमा क्रिकेटर गुल्सन झालाई अभिनन्दन

नेपालखबर
कात्तिक २७, २०८० सोमबार २०:५७, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर गुल्सन झालाई सर्लाहीमा अभिनन्दन गरिएको छ। 

नेपाल पत्रकार महासंघ सर्लाहीले सोमबार सदरमुकाम मलंगवामा झालाई अभिनन्दन गरेको हो। नेपाली राष्ट्रिय क्रिकेट टिमका चर्चित खेलाडी गुल्सन सर्लाहीको मलंगवा निवासी हुन्।

पुर्खौली घर सर्लाहीकै चक्रघट्टा गाउँपालिका–७ सगरदिना भएका गुल्सनको परिवार हाल सर्लाही सदरमुकाम मलंगवा नगरपालिका–८ मा बस्दै आएको छ। 

नेपाल टी–२० विश्वकपमा छनोट हुँदा अलराउण्ड झाले उत्कृष्ठ प्रदर्शन गरेका थिए। उनको खेल जीवनमा थप प्रोत्साहनका लागि झालाई अभिनन्दन गरिएको नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंक क्षेत्रीले जानकारी दिए।  

झालाई जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंह, प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो लगायतले दासल्ला र कदरपत्रसहित सम्मान गरेका हुन्।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .