ad ad

खेल


गुल्सन झालाई सर्लाहीमा ५१ हजारसहित सम्मान

गुल्सन झालाई सर्लाहीमा ५१ हजारसहित सम्मान

नेपालखबर
कात्तिक २९, २०८० बुधबार ७:२६, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर गुल्सन झालाई सर्लाहीमा ५१ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ। 

ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्यले आफ्नी आमा अप्सरा आचार्यको स्मृतिमा स्थापना गरेको ‘अप्सरा आचार्य फाउण्डेसन’को तर्फबाट झालाई ५१ हजार १५१ रुपैयाँसहित गरिएको हो। 

मंगलबार ईश्वरपुर नगरपालिका- २ भक्तिपुरस्थित सरस्वती माध्यमिक विद्यालय प्राङ्गणमा आयोजित वडास्तरीय फुटबल प्रतियोगिताको समापनको अवसरमा झालाई मेयर आचार्यले नगद र सम्मान–पत्रसहित झालाई सम्मान गरेका हुन्। 

कार्यक्रममा मेयर आचार्य, ईश्वरपुरका पूर्व मेयर मनोजकुमार देवकोटालगायत सहभागी थिए। 

चक्रघट्टा गाउँपालिका ७ स्थायी घर भई हाल मलंगवा नगरपालिका- ८ मा बसोवास गर्दै आएका झाले नेपाल टी–२० विश्वकपमा छनोट हुँदा उत्कृष्ठ प्रदर्शन गरेका थिए। 

यसअघि झालाई सोमबार पनि नेपाल पत्रकार महासंघ सर्लाहीले पनि सम्मान गरेको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .