एकदिवसीय विश्वकप क्रिकेट २०२३ को दोस्रो सेमिफाइनल खेल बिहीबार कोलकाताको इडेन गार्डेनमा दक्षिण अफ्रिका र अस्ट्रेलियाबीच हुँदै छ।
यस खेलमा दक्षिण अफ्रिकाका कप्तान टेम्बा बाभुमाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन्।
वर्षा हुने सम्भावनाका कारण टसको भूमिका महत्त्वपूर्ण मानिएको छ।
भारतीय मौसम विभागका अनुसार आज कोलकातामा पानी पर्ने सम्भावना ३६ प्रतिशत छ।
यही मैदानमा इंग्ल्यान्ड र पाकिस्तानबीचको खेल भएको थियो। त्यसैले यो खेलमा पनि ठूलो स्कोरको अपेक्षा गरिएको छ।
अफगानिस्तानविरुद्ध दोहोरो शतक प्रहार गरेका ग्लेन म्याक्सवेल र मिचेल स्टार्कलाई आज अस्ट्रेलिया टोलीमा समावेश गरिएको छ।
दक्षिण अफ्रिकी टोलीमा एक परिवर्तन गर्दै एनगिडीको स्थानमा शम्सीलाई राखिएको छ।
बुधबार भएको पहिलो सेमिफाइनलमा भने न्युजिल्यान्डलाई ७० रनले हराउँदै आयोजक भारत फाइनलमा प्रवेश गरिसकेको छ।
Shares
प्रतिक्रिया