विश्वकप क्रिकेटको फाइनल खेल्न भारतीय टोली गुजरातको अहमदाबाद पुगिसकेको छ।
बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७० रनले हराउँदै भारतीय टोली विश्वकपको फाइनलमा पुगेको हो।
त्यसको भोलिपल्ट बिहीबार भारतीय टोली फाइनलका लागि अहमदाबाद पुगेको हो।
उपाधिका लागि उसले अस्ट्रेलियासँग आइतबार प्रतिस्पर्धा गर्नेछ।
बिहीबार भएको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ३ विकेटले हराउँदै अस्ट्रेलिया फाइनलमा प्रवेश गरेको हो।
विश्वकप क्रिकेटको फाइनल आइतबार अर्थात् नोभेम्बर १९ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुँदै छ।
भारतीय क्रिकेट टोलीको भिडिओ-
VIDEO | Indian cricket team reaches Ahmedabad. Team India will be playing in the #ICCWorldCup2023 final on Sunday (November 19).#CWC2023 #WorldCup2023 #WorldcupFinal pic.twitter.com/CQOz9qQ5WT
— Press Trust of India (@PTI_News) November 16, 2023
315
Shares
प्रतिक्रिया