ad ad

खेल


एनएसएल : पहिलो हाफमा धनगढी र वीरगञ्जको बराबरी

एनएसएल : पहिलो हाफमा धनगढी र वीरगञ्जको बराबरी

नेपालखबर
मंसिर १०, २०८० आइतबार १८:३३, काठमाडौँ

नेपाल सुपर लिग (एनएसएल) मा साविक उपविजेता धनगढी एफसी र नवप्रवेशी वीरगञ्ज युनाइटेडले बराबरी गरेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा आइतबार जारी खेलको पहिलो हाफ १–१ को बराबरीमा सकिएको छ।

खेलको दोस्रो मिनेटमा नै अफिज ओलावालेको क्रसमा फोडे फोफानागले गोल गर्दै धनगढीलाई अग्रता दिलाएका थिए।

इन्ज्युरी समयमा हसं कोफीको पेनाल्टी गोलमा वीरगञ्ज खेलमा फर्किएको हो।

वीरगञ्जका विलियम ओपेकुको कर्नरमा धनगढीका डिफेन्डर डियंगो फालउको ह्याण्ड भएपछि वीरगञ्जले पेनाल्टप् अवसर पाएको थियो। जुन मौकालाई कोफीले खेर जान दिएनन्।

खेलमा दुवै टोलीले गोल गर्ने सुन्दर मौका पाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .