नेपाल सुपर लिग (एनएसएल) मा स्पोर्टिङ इलाम एफसीले पहिलो जित दर्ता गरेको दिन झापा एफसीले हार व्यहोरेको छ।
लिगको पहिलो खेलमा काठमाडौं रेजर्ससँग १–० ले पराजित भएको इलामले दोस्रो राउण्डमा जितको खाता खोलेको हो। यता एनएसएलमा डेब्यू गरेको झापाले भने हारबाट लिगको सुरुवात गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा इलामले झापा एफसीलाई १–० गोल अन्तरले पराजित गरेको हो। इलामको जितमा अमाथ एनडाले गरेको गोल नै निर्णायक बन्यो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको अन्तिममा मात्र गोल सम्भव भयो।
खेलको ८२ औँ मिनेटमा पेनाल्टीमा गोल गर्न चुकेका एनडाले त्यसको पाँच मिनेटमा नै गोल गरे।
८७ औँ मिनेटमा अमाथ एनडाको गोलमा इलामले अग्रता बनायो। एनडाको पहिलो प्रहार झापाका गोलरक्षक स्टेफनले पन्च गर्दै बचाएपनि त्यसकै रिवाउण्डमा उनले उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाए।
त्यसअघि खेलको ८२ औँ मिनेटमा पेनाल्टी एरिया भित्र झापाका योगेश गुरुङले भरत खवासलाई लडाएपछि इलामले पेनाल्टी मौका पाएको थियो। जुन अवसरलाई अमाथ एनडाले सदुपयोग गर्न सकेनन्। उनको प्रहार आकासिदा अग्रता बनाउने सुून्दर मौका गुमायो।
खेलको ५४ औँ मिनेटमा जर्ज सान्चेजको प्रहार इलामका गोलरक्षक विकेश कुथुले बन्च गर्दै बचाए। ५६ औँ मिनेटमा आवास लामिछानेको क्रसमा जर्जकै प्रहार गोलरक्षक विकेशले उत्कृष्ट बचाउ गरे।
खेलको ६९ औँ मिनेटमा इलामका अब्दुलाए बाको प्रहार झापाका गोलरक्षक स्टेफलन कुपीकले पन्च गर्दै बचाए। त्यसकै रिबाउण्डमा फोडे कामारको प्रहार गोलरक्षक स्टेफनले पुनः पन्च गरे त्यसकै रिबाउण्डमा कामारको प्रहार गोलरक्षकले पन्च गर्दै बचाउ गरे। पुनः त्यसक्रै रिवाउण्डमा दिपेश घलेको प्रहार गोलरक्षकले उत्कृष्ट बचाउ गरे।
त्यसअघि पहिलो हाफको १० औँ मिनेटमा फोडे कामाराको फ्रिकीक सिधै पोष्टको माथिबाट बाहिरियो।
११ औँ मिनेटमा जर्ज सान्चेजको प्रहार पहिलो बारको नजिकबाट बाहिरिदा अग्रता बनाउने मौका गुमायो। इलामका गोलरक्षक विकेश कुथु विट भएको अवस्थामा उनको प्रहार पहिलो बारको नजिकबाट बाहिरियो।
खेलको २९ औँ मिनेटमा इलामका इब्राहिमको प्रहर पहिलो बारको नजिकबाट बाहिरियो। ३८ औँ मिनेटमा फाृडृ कामाराको क्रसमा भरत खवासको प्रहार क्रसबारबाट बाहिरिदा इलामले अग्रता बनाउने मौका गुमायो।
खेलको ४४ औँ मिनेटमा झापाका अञ्जन विष्टको हेडर क्रसबारमा लाग्दै बाहिरियो। किपर बिट भएको अवस्थामा छिरिङ लामाको पासमा अञ्जनको प्रहार पोष्टमा लाग्दै बाहिरियो।
लिगमा भोलि (मंगलबार) काठमाडौँ रिजर्स र एफसी चितवन भिड्दैछन्।
Shares
प्रतिक्रिया