ad ad

खेल


केपी ओली कपको फाइनलमा आर्मी र मधेश प्रदेश भिड्ने

केपी ओली कपको फाइनलमा आर्मी र मधेश प्रदेश भिड्ने

नेपालखबर
मंसिर १४, २०८० बिहिबार १६:२६, काठमाडौँ

पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि मधेश प्रदेश र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन्।

बिहीबार भएको खेलमा विभागीय टोली एपीएफ क्लबलाई ११ रनले हराउँदै मधेशले आर्मीसँगको भेट पक्का गरेको हो।

मधेश प्रदेशले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको एपीएफले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८६ रन मात्र बनाउन सक्यो।

एपीएफका कप्तान तथा ओपनर प्रदीप ऐरि र सन्दीप जोराले अर्धशतक प्रहार गरेपनि टोलीको हार जोगाउन सकेनन्।

४२ बलमा ३ चौका ४ छक्का मद्धतमा ५५ रन बनाउँदै बोल्ड आउट भए। सन्दीप ३१ बलमा ३ चौका र ५ छक्का हान्दै ५४ रन बनाउँदा क्याच आउट भए। लोकेश बम ३२ रनमा क्याच आउट भए। सुमित महर्जन १३ रनमा क्याच आउट हुन पुगे। भुवन कार्की ११ रनमा नटआउट रहे।

तेस्रो विकेटका लागि सन्दीप जोरा र प्रदीप ऐरिले १०६ रनको साझेदारी गर्दै इनिङस् सम्हालेका थिए। तर त्यसपछि लगातार विकेट पतन हुँदा एपीएफ जित नजिक पुगेर पनि टाढिएको हो।

मधेशका लागि विशाल पटेलले ३ विकेट लिए। हरिशंकर शाह र प्रदिप पासवानले समान २ विकेट लिए।

त्यसअघि पोखरा रंगशाला भित्र रहेको क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको मधेश प्रदेशले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९७ रनको योगफल तयार पारेको हो।

मधेशका लागि अनिल शाह र इमरान शेखले अर्धशतक पूरा गरे। ३६ बलमा २ चौका र ६ छक्का हानेका अनिल ५७ रन बनाउँदा क्याच आउट भए। ३२ बलमा ३ चौका र ४ छक्का प्रहार गरेका इमरान ५० रनमा बोल्ड आृट हुन पुगे।

पवन सर्राफ ३३ रनमा क्याच आउट हुन पुगे। हिमांशु दत्त १५ रनमा बोल्ड आउट भए। रुपेश सिंह २१ र कप्तान हरिशंकर शाह १० रनमा आउट भए।

एपीएफका लागि मौसम ढकालले ३ विकेट लिए। अमर राउटेलाले २ विकेट आफ्नो नाममा गरे। पुरन विकले १ विकेट झारे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .