ad ad

खेल


भारतीय महिला लिग खेल्न एञ्जिला र गीता गए भारत

भारतीय महिला लिग खेल्न एञ्जिला र गीता गए भारत

नेपालखबर
मंसिर १७, २०८० आइतबार १२:५१, काठमाडौँ

नेपाली राष्ट्रिय महिला फुटबल टोलीका गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बा र डिफेन्डर गीता राना भारतीय महिला लिग खेल्न भारत प्रस्थान गरेका छन्। 

सेथु एफसीमा आबद्ध एञ्जिला र गीता आइतबार त्यसतर्फ लागेका हुन्। 

एञ्जिलाले लगातार दोस्रोपटक आई लिग खेल्न लागेकी हुन्। गीताको भने आई लिगमा डेब्यु हुनेछ। 

अघिल्लो सिजन नै सेथुमा आवद्ध भएकी गीताले घुँडामा चोक बोकेपछि आइ लिग गुमाएकी थिइन्। भारतसँगकौ मैत्रीपूर्ण खेलमा चोट बोकेपछि गीता लामो समय मैदान बाहिर रहिन्। 

आई लिगको पहिलो खेलमा सेथुले तिन पटकको च्याम्पियन गोकुलम केरला एफसीको सामना गर्नेछ। सो खेल २२ गते शुक्रबार हुनेछ। 

सेथु भने एक पटकको च्याम्पियन टोली हो। सन् २०१८–१९ मा सेथुले पहिलो लिग उपाधि जितेको हो। सो समयमा नेपालकी मुख्य फरवार्ड सावित्रा भण्डारी साम्बाको उत्कृष्ट प्रर्दशनमा सेथुले लिग उपाधि उचालेको थियो। 

फरक क्लबबाट टोलीलाई तीनपटक च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका खेलेकी सावित्रा भण्डारी साम्बा भने यो पटक आई लिगमा उपलब्ध हुने छैनन्। इजरायली क्लब हापोयल रानानामा आबद्ध भएका कारण साम्बाले यो पटक आई लिग खेल्ने छैनन्।

सन् २०१८–१९ मा सेथु च्याम्पियन बन्दा फरवार्ड साम्बा र मिडफिल्डर अनिता बस्नेताले आई लिगमा डेब्यु गरेका थिए। 

आई लिगमा गत सिजन नेपालका ६ महिला खेलाडीले एकै पटक फरक क्लबबाट आइ लिग खेलेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .