ad ad

खेल


एफसी चितवनको एनएसएलमा तेस्रो हार

एफसी चितवनको एनएसएलमा तेस्रो हार

तस्बिर : सरोज नेपाल


नेपालखबर
मंसिर २८, २०८० बिहिबार १९:२५, काठमाडौँ

फरवार्ड विमल घर्तिमगर पेनाल्टीमा चुक्दा एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) मा तेस्रो हार व्यहोरेको छ।

लिगमा अपराजित रहेको धनगढी एफसी भने अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा बिहीबार भएको खेलमा चितवनलाई १–० गोल अन्तरले हराउँदै धनगढी शीर्ष स्थानमा पुगेको हो।

अपराजित धनगढीले लिगका ५ खेलमा ३ खेलमा जित र २ खेलमा बराबरी गर्दै ११ अंक बनाएको छ।

पराजित चितवनले भने ६ खेलमध्य १ खेलमा जित, २ खेलमा बराबरी र ३ खेलमा हार भोग्दै अंक तालिकामा ५ अंक बनाएको छ। हारसँगै चितवनको शीर्ष चारमा पुग्ने सम्भावना पनि कठिन बनेको छ।

धनगढीको जितमा अफिज ओलावालेले गरेको गोल नै निर्णायक बन्यो।

खेल सुरु भएको दोस्रो मिनेटमा नै अफिज ओलावालेको गोलमा धनगढीले सुरुआती अग्रता बनायो। रोहन कार्कीको पासमा डिबक्स एरिया नजिकबाट ओलावालेले सेकेण्डबार च्याप्दै गरेको प्रहार गोलमा परिणत भयो।

पहिलो हाफको इन्ज्युरी समयमा विमल घर्तिमगर पेनाल्टीमा चुक्दा चितवनले बराबरी गर्नेे उत्कृष्ट अवसर गुमायो। पेनाल्टी एरियामा धनगढीका रिचार्ड आसेइले ह्याण्ड गरेपछि रेफ्री प्रज्वल क्षत्रीले चितवनलाई पेनाल्टीको मौका दिएका थिए।

विमलको पेनाल्टी प्रहार धनगढीका गोलरक्षक टेकेन्द्र थापाले पन्च गर्दै जोगाए।

खेलको ७३ मिनेटमा धनगढीका रनदिप पौडेलको प्रहार चितवनका गोलरक्षक विशाल श्रेष्ठले गोललाईनबाट बचाए।

५८ औं मिनेटमा चितवनका गोलरक्षक तथा कप्तान विशाल श्रेष्ठ बिट भएको अवस्थामा धनगढीका अफिज ओलावालेको पासमा आशिष चौधरीको फितलो प्रहार पहिलो बारको नजिकबाट बाहिरिदा अग्रत दोब्बर पार्ने मौका गुमायो।

५३औं मिनेटमा चितवनका अफ्रिइको फ्रिकीकमा नवयुग श्रेष्ठको हेडर धनगढीका गोलरक्षक टिकेन्द्रले जोगाए।

सातौं मिनेटमा चितवनका रफिक अमिनुको फ्रिकीक प्रहार आकाशियो। ३४ औं मिनेटमा चितवनका रफिक अमिनुको प्रहार आकाशिदा बराबरीमो मौका गुमायो। ३८ औं मिनेटमा छिरिङ तामाङको प्रहार धनगढीका डिफेन्डरले क्लीयर गरे।

लिगमा शुक्रबार ललितपुर सिटी एफसी र झापा एफसी भिड्नेछन्। सो खेल साँझ ५ बजे सुरु हुनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .