आईसीसी विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्ध जारी खेलमा नेपालले लगातार तेस्रो विकेट गुमाएको छ।
आठौँ ओभरको समाप्तिमा नेपाल ३ विकेट गुमाउँदै ४३ रन बनाएर खेलिरहेको छ।
आठौँ ओभरको अन्तिम बलमा देव खनाल शून्य रनमै आउट भए। देव ज्याक ब्रसेल्सको बलमा क्याच आउट हुन पुगे।
त्यसअघि नेपालले सातौँ ओभरमा दुई विकेट गुमाएको थियो।
ओपनर कुशल मल्ल सातौँ ओभरको दोस्रो बलमा कुशल १८ रन बनाउँदा बेनार्ड स्कचको बलमा एलबीडब्लु धरापमा परे।
सोही ओभरको चौथो बलमा अनिल शाह पनि क्याच आउट हुन पुगे।
स्कचकै बलमा अनिल शून्य रनमै आउट भए।
क्रिजमा आशिफ शेख २४ र कुशल मल्ल शून्य रनमा नटआउट छन्।
144
Shares
प्रतिक्रिया