ad ad

खेल


चेस : यी हुन् ग्य्रान्डमास्टरलाई हराएर इतिहास रच्ने ८ वर्षीय बालक

चेस : यी हुन् ग्य्रान्डमास्टरलाई हराएर इतिहास रच्ने ८ वर्षीय बालक

नेपालखबर
फागुन ९, २०८० बुधबार १८:३६,

एक आठ वर्षीय बालकले चेस ग्य्रान्डमास्टरलाई हराएर इतिहास कायम गरेका छन्। ग्य्रान्डमास्टरलाई हराउने उनी सबैभन्दा कान्छा खेलाडी बनेका छन्।

यी मेधावी बालकको नाम हो– अश्वत कौसिक। उनी सिंगापुरमा बस्छन् र उनले ८ वर्ष ६ महिना ११ दिनको उमेरमा आइतबार यस्तो कीर्तिमान कायम राखेका हुन्।

उनले हराएका ग्य्रान्डमास्टर हुन् पोल्यान्डका ३७ वर्षीय याचेक स्तोपा। स्विट्जरल्यान्डको बर्गडार्फर स्टाथौज ओपनमा चौथो राउन्डमा कौसिकले स्तोपालाई हराएका हुन्।

महिना दिनअघि मात्र सर्बियाका लियोनिड इभानोभिचले राखेको कीर्तिमान कौसिकले तोडेका हुन्। इभानोभिचभन्दा कौसिक ५ महिना कान्छा छन्। 

‘मलाई निकै मजा आयो। आफ्नो खेलप्रति मलाई गर्व छ। खासगरी एक विन्दुमा म खराब अवस्थामा पुगिसकेको थिएँ। तर, पुनरागमन गर्न सफल भएँ,’ उनले चेस डटकमसँग भनेका छन्।

कौसिक २०१५ मा भारतमा जन्मेका थिए। उनले कयौँ प्रतियोगिताहरु जितिसकेका छन्। 

स्विट्जरल्यान्डको यो प्रतियोगितामा उनी १२ औँ हुन सफल भएका छन्। 

अश्वतका पिताले आफू र पत्नी कसैले पनि चेस नखेलेको बताएका छन्। अश्वतले दैनिक ७ घण्टा चेस अभ्यास गर्ने गरेको उनले बताए। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .