पूर्वबार्सिलोना तथा एथलेटिको मड्रिडका फरवार्ड लुईस सुआरेजले डेब्यु गरेको खेलमा इन्टर मियामीले अमेरिकी मेजर लिग सकरमा सुखद सुरुवात गरेको छ।
बिहीबार विहान भएको खेलमा इन्टर मियामीले रियल सार्ट लेकलाई २–० गोल अन्तरले पराजित गरेको हो।
जितसँगै ३ अंक जोडेको मियामी अंक तालिकाको शीर्ष स्थानमा छ।
खेलको पहिलो हाफमा १–० ले अग्रता बनाएको मियामीले दोस्रो हाफमा १ गोल थप्यो।
मियामीको जितमा रोवर्ट टेलर र डिएगो जेम्सले समान एक गोल गरे।
पहिलो हाफमा साल्ट लेकमाथि पूर्ण रुपमा हाबी भएको मियामीका लागि खेलको ३९ औँ मिनेटमा रोबर्टको गोल गर्दै सुरुआती अग्रता दिलाए।
खेलको ८३ औँ मिनेटमा लियोनल मेस्सी र सुआरेजले मिलाएको पासमा डियगोले गोल गर्दै अग्रता दोब्बर पारे।
गत सिजन खराब प्रर्दशन गरेको मियामीले यो सिजन भने जितसँगै सुरुवात गरेको छ।
मियामीले गत सिजन लिगका ३४ मध्य ९ खेलमा जित, ७ खेलमा बराबरी गरेको थियो। लिगका १८ खेलमा भने हार व्यहोरेको थियो।
लिगमा ३४ अंक जोडेको मियामीले १४ औँ स्थानमा रहेर गत सिजन सकाएको थियो।
Shares
प्रतिक्रिया