त्रिकोणात्मक टी–२० आई सिरिजमा कप्तान रोहित पौडेलले दुई विकेट लिएका छन्।
कप्तान रोहितले जान फ्रेलिंकलाई विकेटकिपरको हातबाट क्याच आउट गराउँदै पेभेलियनको बाटो देखाएका हुन्।
रोहितले ११ औँ ओभरको चौथो बलमा ५ रन बनाएका जानलाई आउट गराए। त्यसअघि कप्तान रोहितले नै जिन कोट्जेलाई क्याच आउट गराउँदै नेपाललाई दोस्रो सफलता दिलाएका थिए।
रोहितले नवौँ ओभरको दोस्रो बलमा ११ रन बनाएर खेलिरहेका कोट्जेलाई विवेक यादवको हातबाट क्याच आउट गराए।
छैटौँ ओभरको पाचौँ बलमा करण केसीले १९ बलमा २ चौका र १ छक्का हानेका ओपनर माइकल भान लिंगेनलाई गुल्सन झाको हातबटा क्याच आउट गराएका थिए।
पहिलो विकेटका लागि माइकल र मलान क्रुगरले ३६ रनको साझेदारी गरेका थिए।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको नामिबियाले ११ ओभरको समाप्तीमा ३ विकेट गुमाएर ६६ रन बनाएर खेलिरहेको छ।
Shares
प्रतिक्रिया