ad ad

खेल


म्यानचेस्टर सिटी एफए कपको क्वार्टरफाइनलमा, एर्लिङ हालान्ड एक्लैले गरे ५ गोल

म्यानचेस्टर सिटी एफए कपको क्वार्टरफाइनलमा, एर्लिङ हालान्ड एक्लैले गरे ५ गोल

नेपालखबर
फागुन १६, २०८० बुधबार ८:१४, काठमाडौँ

एर्लिङ हालान्डले ५ गोल गरेपछि म्यानचेस्टर सिटी एफए कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। 

मंगलबार राति भएको खेलमा सिटीले लिटोन टाउनलमाथि ६–२ को जित दर्ता गर्दा हालान्ड एक्लैले ५ गोल गरे। एक गोल कोभासिसको नाममा रह्यो। 

सिटीका लागि नर्वेजियन हालान्डकोयो आठौँ ह्याट्रिक हो। क्लबका लागि दुई पटक एकै खेलमा ५ गोल गर्ने उनी पहिलो खेलाडी समेत बनेका छन्। 

हालानडको खेलको तेस्रो मिनेट देखि नै गोल गर्न सुरु गरेका थिए। उनले खेलको तेस्रो, १८ औँ र ४० औँ मिनेटमा गोल गर्दै पहिलो हाफमा नै ह्याट्रिक पूरा गरेका थिए। खेलको ५५ र ५८ औँ मिनेटमा दुई गोल थप्दै ५ गोल गरे। हालान्डको सुरुवाती गोलमा केभिन डी ब्रुयनले नै पास मिलाएका थिए। 

खेलको ७२ औँ मिनेटमा स्टोनले एक गोल थपे। खेलको लुटोनका लागि जोर्डन क्लार्कले २ गोल गरेपनि टोलीका लागि पर्याप्त भएन। 

गएराति नै भएको खेलमा लेष्टरले बर्नमाउथमाथि १–० को जित दर्ता गरेको छ। अर्को खेलमा न्युक्यासलले ब्याकवर्न रोवर्सलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्यो। निर्धारित समयमा १–१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .