नेपालविरुद्धको टी–२० आई क्रिकेटमा नेदरल्यान्ड्सले दुवै ओपनरलाई गुमाएको छ।
दोस्रो विकेटका रुपमा कुशल मल्लले ओपनर माइकल लेविटलाई आउट गराए।
नवौँ ओभरको पाचौँ बलमा कुशलले माइक्ललाई ५४ रनमा विकेटकिपर आशिफ शेखको हातबाट आउट गराए।
३६ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै माइकल आउट भए।
त्यसअघि तेस्रो ओभरको पहिलो बलमा नै करण केसीले ओपनर क्याक्स ओ डाउडलाई दिपेन्द्र सिंह ऐरी हातबाट क्याच आउट गराए। म्याक्स ओ डाउडले ४ रन बनाएका थिए।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिलिडङ रोजेपछि ब्याटिङ गरेको नेदरल्यान्ड्सले १२औँ ओभरको खेल सकिँदा २ विकेट गुमाएर ११० रन बनाएर खेलिरहेको छ।
78
Shares
प्रतिक्रिया