ad ad

खेल


नेपाललाई नेदरल्यान्ड्सले दियो १८५ रनको लक्ष्य

नेपाललाई नेदरल्यान्ड्सले दियो १८५ रनको लक्ष्य

नेपाल र नेदरल्यान्ड्सको खेल। तस्बिर : सरोज नेपाल


नेपालखबर
फागुन १६, २०८० बुधबार १३:८, काठमाडौँ

टी–२० आई त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेदरल्यान्ड्सले घरेलु टोली नेपालसामु जितका लागि १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८४रनको योगफल तयार पारेको हो। 

ओपनर माइकल लेविट ५४ रन बनाउँदा आउट भए। कुशल मल्लले  वौँ ओभरको पाचौँ बलमा माइक्ललाई ५४ रनमा विकेटकिपर आशिफ शेखको हातबाट आउट गराए। माइकलले ३६ बलमा ५ चौका र ३ छक्का प्रहार गरेका थिए। 

तेस्रो विकेटका लागि स्कट र सेब्रान्ड एंगेलब्रेचले ६४ रनको साझेदारी गरेका थिए। 

१३ औँ ओभरको अन्तिम बलमा ३३ रन बनाएका कप्तान स्कट इडवार्डलाई रन आउट भए। १६ बलमा ५ चौका हानेका कप्तान आउट भएसँगै नेपाललाई केही राहत मिलेको थियो। 

तेस्रो ओभरको पहिलो करण केसीले ओपनर क्याक्स ओ डाउडलाई दिपेन्द्र सिंह ऐरि हातबाट क्याच आउट गराए। म्याक्स ओ डाउडले ४ रन बनाउँदै पेभेलियन फर्के। 

चौथो विकेटका लागि सेबार्ड र तेजा निदामनुरुले ६१ रनको साझेदारी गरे। तेजा ३१ रन बनाउँदा रन आउट भए। सेब्राट ४९ रनमा नटआउट रहे। ३८ बलमा ४ चौका र १ छक्का प्रहार गरे। 

सिरिजको पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको नेपाल पहिलो जित निकाल्न चाहान्छ। उता नेदरल्यान्ड्स भने पहिलो खेलमा नै जित निकाल्दै सिरिजमा सुखद सुरुवात गर्न चाहन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .