नेदरल्यान्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालले दुवै अोपनर गुमाएको छ।
नवौँ ओभरको पहिलो बलमा ओपनर आशिफ शेख आउट भए। २२ बलमा ४ चौका र १ छक्का हानेका आशिफ आर्यन दत्तको बलमा पेभेलियन फर्के।
त्यसअघि पहिलो ओभरको चौथो बलमा नै कुशल भुर्तेल क्याच आउट भए। यसअघि सिरिजको पहिलो खेलमा पनि कुशल शुन्य रनमा नै आउट भएका छन्।
नामिबियाले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको नेपालले १० ओभर सकिँदा २ विकेट गुमाएर ८१ रन बनाएर खेलिरहेको छ।
क्रिजमा कप्तन रोहित पौडेल २९ रनमा नटआउट छन्।
198
Shares
प्रतिक्रिया