साफ यू-१६ महिला च्याम्पियनसिपअन्तर्गत नेपाल आफ्नो दोस्रो खेलमा आज (सोमबार) भुटानसँग भिड्दै छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ।
आजको खेलमा नेपाल र भुटान दुवै पहिलो जित हासिल गर्ने प्रयासमा हुनेछन्।
पहिलो खेलमा बंगलादेशसँग २–० ले पराजित नेपाल दोस्रो खेल जितेर फाइनल पुग्ने सम्भावना कायम राख्न चाहन्छ।
पहिलो खेलमा भारतसँग ७–० ले पराजित भुटान पनि पहिलो जित हासिल गर्दै अघि बढ्न चाहन्छ।
चार देश सहभागी च्याम्पियसिपमा शीर्ष २ मा पुग्ने टोलीले फाइनल खेल्न पाउँछन्।
387
Shares
प्रतिक्रिया