ad ad

खेल


टी-२० आई सिरिजः उपाधिका लागि नेदरल्यान्ड्सँग भिड्दै नेपाल, दोहोर्‍याउला नतिजा?

टी-२० आई सिरिजः उपाधिका लागि नेदरल्यान्ड्सँग भिड्दै नेपाल, दोहोर्‍याउला नतिजा?

फाइल तस्बिर


नेपालखबर
फागुन २२, २०८० मंगलबार ६:५८, काठमाडौँ

नामिबिया सम्मिलित टी–२० आई त्रिकोणात्मक सिरिज उपाधिका लागि आज (मंगलबार) घरेलु टोली नेपाल र नेदरल्यान्ड्स भिड्दै छन्। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान साढे ११ बजे सुरु हुनेछ।

घरेलु समर्थकको बलियो साथ पाएको नेपाली टोली लगातार दोस्रोपटक घरेलु मैदानमा सिरिजको उपाधि जित्ने योजनामा छ। 

टी–२० आई सिरिज उपाधिका लागि नेपाल घरेलु मैदानमा दोस्रोपटक नेदरल्यान्ड्सँग भिड्न लागेको हो। 

यसअघि सन् २०२१ मा घरेलु मैदानमै भएको खेलमा नेपाल एसोसियट राष्ट्रको बादशाह नेदरल्यान्ड्सलाई १ सय ४२ रनले हराउँदै च्याम्पियन बनेको थियो। 

नेपालले दिएको २ सय ३९ रनको फराकिलो लक्ष्य पछ्याएको डच टोली १७.२ ओभरमा ९६ रनमा अलआउट भएको थियो।

नेपाल आज पनि त्यस्तै नतिजा दोहोर्‍याउन चाहन्छ। त्यसका लागि नेपाली टोलीले नेदरल्यान्ड्सका ब्याटरलाई ठूलो साझेदारी बनाउन नदिने रणनितिमा हुनेछ।

टी–२० आई सिरिजको अंक तालिकामा शीर्ष स्थानमा रहँदै डच टोली तथा दोस्रो स्थानमा रहँदै नेपाल फाइनलमा पुगेका हुन्। 

जारी सिरिजको एक खेलमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले हारेको थियो भने अर्को प्रतिस्पर्धामा उसलाई ६ विकेटले हराएको थियो।

चार खेल खेलेको नेपालले २ मा जित र २ मा हार भोग्दै ४ अंक जोडेको थियो  भने समान खेलेको नेदरल्यान्ड्सले ५ अंक बनाएको थियो।

त्यति नै खेल खेलेर ३ अंक बनाएको नामिबिया भने फाइनलको दौडबाट बाहिरियो। 

हेड टु हेट
नेपाल र नेदरल्यान्ड्सबीच ११ पटक टी-२० आई प्रतिस्पर्धा भएका छन्। ती खेलमा नेपालले ५ वटामा जित हासिल गर्दा ५ वटामै हार भोगेको छ। १ खेलको नतिजा भने आउन सकेन।

पछिल्ला ५ खेलको परिणाम हेर्ने हो भने नेपाल नेदरल्यान्ड्सबिरुद्ध हावी देखिन्छ। पछिल्ला ५ खेलमा नेपालले ३ वटामा विजय प्राप्त गरेको छ। नेदरल्यान्ड्सले २ खेल जितेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .