टी–२० आई त्रिकोणात्मक सिरिजको फाइनलमा नेदरल्याण्ड्सविरुद्ध नेपालले दुई विकेट गुमाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर ब्याटिङ गरिरहेको नेपालले १० ओभरको खेल जारी रहँदा २ विकेटको क्षतिमा ८२ रन बनाएर खेलिरहेको छ।
क्रिजमा आशिफ शेख ३५ रनमा नटआउट छन्।
कप्तान रोहित पौडेल १० ओभरको दोस्रो बलमा विकेट किपरको हातबाट आउट भए। १९ बलमा ३ चौका र १ छक्का हानेका रोहित २५ रन बनाउँदा माइकल लेभिटको बलमा आउट भए।
त्यसअघि ओपनर कुशल भुर्तेल चौथो ओभरको तेस्रो बलमा २० रन बनाउँदा टिम भान डेर गुटेनको बलमा बोल्ड आउट भए। कुशलले १० बलमा १ चौका र २ छक्का प्रहार गरे।
नेपालले सिरिजको एक खेलमा नेदरल्याण्ड्ससँग २ रनले पराजित भएको थियो। अर्को खेलमा भने नेपालले डच टोलीलाई ६ विकेटले हराएको थियो।
घरेलु मैदानमा नेपालले दोस्रो पटक टी–२० आई सिरिजको उपाधिका लागि नेदरल्याण्ड्सँग भिड्न लागेको हो।
यसअघि सन् २०२१ मा घरेलु मैदानमा नै भएको खेलमा नेपालले एसोसियट राष्ट्रको बादशाह नेदरल्याण्ड्सलाई १ सय ४२ रनले हराउँदै च्याम्पियन बनेको थियो।
Shares
प्रतिक्रिया