ad ad

खेल


उपाधि भिडन्तमा नेपाल ४ विकेटले पराजित

उपाधि भिडन्तमा नेपाल ४ विकेटले पराजित

तस्बिर : विशाल कार्की


नेपालखबर
फागुन २२, २०८० मंगलबार १४:५६, काठमाडौँ

टी–२० आई त्रिकोणात्मक सिरिजअन्तर्गत मंगलबार कीर्तिपुरमा भएको फाइनल भिडन्तमा नेपाल पराजित भएको छ।

नेपाललाई नेदरल्यान्ड्सले ४ विकेटले पराजित गर्दै उपाधि जित्न सफल भएको छ। नेपालले दिएको १८५ रनको लक्ष्य १९.३ ओभरमा ६ विकेट गुमाउँदै भेट्टाउन सफल भयो। 

नेपाललाई घरेलु मैदानमा नै स्तब्ध पार्दै नेदरल्यान्ड्सले नामिबिया सम्मिलित टी–२० आई त्रिकोणात्मक सिरिजको उपाधि चुम्यो।

यससँगै नेदरल्यान्ड्सले सन् २०२१ मा भोगेको हारको बदला समेत लिएको छ। 

सन् २०२१ मा घरेलु मैदानमा नै भएको खेलमा नेपालले एसोसियट राष्ट्रको बादशाह नेदरल्याण्ड्सलाई १ सय ४२ रनले हराउँदै च्याम्पियन बनेको थियो। 

यो सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्ससँग २ रनले पराजित भएको नेपालले दोस्रो खेलमा भने डच टोलीलाई ६ विकेटले हराएको थियो। 
नेपालले दिएको १ सय ८५ रनको लक्ष्य नेदरल्याण्ड्सले ३ बल अगावै ६ विकेट गुमाएर भेट्टायो। 

पहिलो विकेटका लागि डाउड र माइकल लेविटले ८३ रनको साझेदारी गर्दै नेदरल्याण्ड्सलाई उत्कृष्ट सुरुवात दिलाएका थिए। 

कुशलले नवौँ ओभरमा दुई विकेट लिर्दै नेदरल्याण्ड्सको साझेदारी तोडेका थिए। कुशल मल्लले नवौँ ओभरको पहिलो बलमा अ‍ोपनर म्याक्स ओ डाउडलाई पेभेलियनको बाटो देखाए। डाउड २२ रन बनाउँदा कुशल मल्लको बलमा दिपेन्द्र सिंह ऐरिको हातबाट क्याच आउट भए। 

नवौँ ओभरको पाचौँ बलमा अर्का ओपनर माइकल लेविट ५४ रन बनाउँदै क्याच आउट भए। २९ बलमा ६ चौका र ३ छक्का हानेका लेविट रोहित पौडेलको हातबाट क्याच आउट भए। 

तेस्रो विकेटका लागि विक्रमजित र साइब्राट एङगेलब्रेचले ५० रनको साझेदारी गरे। १६ औँ ओभरको दोस्रो बलमा अविनास बोहोराले विक्रमजित सिंहलाई २९ रन बनाउँदा कुशल मल्लको हातबाट क्याच आउट गराए। 

कप्तान स्कट इडवार्ड २ रन बनाउँदा दिपेन्द्र सिंह ऐरिको बलमा आउट भए। तेजा निदामनुरु २ रन बनाउँदा कुशल मल्ल कै बलमा क्याच आउट भए। 

टिम भान डेर २१ र रोलेफ भान डेर मेर्भे २ रनमा नटआउट रहे। 

नेपालका लागि कुशल मल्लले ४ विकेट लिए। अविनास बोहोरा र दिपेन्द्र सिंह ऐरिले समान एक विकेट आफ्नो नाममा गरे। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८४ रनको योगफल तयार पारेको थियो। 

नेपालका लागि ओपनर आशिफ शेखले बनाएको ४७ रन नै सर्वाधिक रह्यो। ३७ बलमा १ चौका र ३ छक्का मद्धतमा ४७ रन बनाएका आशिफ चौधौँ ओभरको चौथो बलमा ४७ रन बनाउँदा माइकल लेविटको बलमा एलबीडब्लु धरापमा परे।  

गुल्सन झा ३४ रन बनाउँदा क्याच आउट भए। २५ बलमा ३ छक्का हानेका गुल्सन १९ औँ ओभरको पहिलो बलमा आउट हुन पुगे। 
कुशल मल्ल २६ रन बनाउँदा क्याच आउट भए। 

कप्तान रोहित पौडेल २५ रन बनाउँदा क्याच आउट भए। १९ बलमा ३ चौका र १ छक्का हानेका रोहित दशौँ ओभरको दोस्रो बलमा विकेट किपरको हातबाट आउट भए। 

ओपनर कुशल भुर्तेल चौथो ओभरको तेस्रो बलमा २० रन बनाउँदा टिम भान डेर गुटेनको बलमा बोल्ड आउट भए। कुशलले १० बलमा १ चौका र २ छक्का प्रहार गरे। 

शीर्ष क्रमका ब्याटरले नेपाललाई राम्रो सुरुवात दिलाए पनि तल्लो क्रमका ब्याटरहरु लामो समय क्रिजमा टिक्न सकेनन्। 

नेपालले १८ र १९ औँ ओभरमा लगातार चार विकेट गुमायो। १८ औँ ओभरको पहिलो बलमा कुशल मल्ल र छैटौँ बलमा करण केसी आउट भए। 

१९ औँ ओभरको पहिलो बलमा गुल्सन झा र दोस्रो बलमा आरिफ शेख आउट हुन पुगे। करण केसी ९ र दीपेन्द्र सिंह ऐरी १ रन बनाउँदै पेभेलियन फर्के। प्रतिश जि.सी ६ र सोमपाल कामी ६ रनमा नटआउट रहे। 

नेपाली टोली अब हङकङमा हुने अर्को टी–२० त्रिकोणात्मक सिरिज खेल्न जानेछ। नेपालले त्यहाँ हङकङ र पपुवा न्युगिनी सम्मिलित सिरिज खेल्नेछ। 

नेपालले आगामी जुन जुलाइमा वेष्ट इण्डिज र अमेरिकामा हुने टी–२० विश्वकपको तयारी स्वरुप टी–२० सिरिज खेलिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .