संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको टी-२० विश्वकप क्रिकेटको तयारीका लागि सरकारले नेपाल क्रिकेट संघ (क्यान) लाई ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
टी-२० विश्वकप क्रिकेटमा राष्ट्रिय टोलीको सहभागिताको तयारीका लागि सरकारबाट पाँच करोड रुपैयाँ तयारी बजेट विनियोजन भएको क्यानले जनाएको छ।
क्यानले सरकारको यस निर्णयलाई ऐतिहासिक भन्दै राष्ट्रिय खेलकुद परिषद्लाई पनि धन्यवाद दिएको छ।
सरकार र राष्ट्रिय खेलकुद परिषदको साथ र सहयोगले समग्र नेपाली क्रिकेटको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने पनि विश्वास क्यानले गरेको छ।
आगामी आईसीसी टी- २० विश्वकप क्रिकेट प्रतियोगिता अमेरिका र वेस्ट इन्डिजले संयुक्त आयोजना गर्दैछन्।
पहिलोपटक उत्तर अमेरिका क्षेत्रमा हुन लागेको टी-२० विश्वकपमा २० टिमले सभागिता जाउँदैछन्। आईसीसीले २०२४ देखि पहिलोपटक २० टिमबीच टी-२० विश्वकपमा प्रतिस्पर्धा गराउन लागेको हो।
आईसीसीको बैठकको निर्णयअनुसार १२ टिम विश्वकपमा सिधै पुग्दैछन् भने ८ टिमले क्षेत्रीय छनोट चरणमा पार गरेर जाँदैछन्।
नेपाल १० वर्षपछि टी-२० विश्वकपमा छनोट भएको थियो। गत कात्तिकमा आईसीसी टी–२० आई विश्वकप एसिया छनोटअन्तर्गत यूएईलाई ८ विकेटले हराउँदै नेपालले विश्वकपमा स्थान सुरक्षित बनाएको थियो।
Shares
प्रतिक्रिया