साफ यू–१६ महिला च्याम्पियनसिप अन्तर्गत बुधबार नेपाली युवा टोलीले भारतको सामना गर्दैछ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ। यो खेलको विजेताले फाइनलमा स्थान पक्का गर्नेछ।
लगातार दुई खेलमा जित निकालेको बंगलादेशले भने एक खेल अगावै फाइनलमा स्थान बनाइसकेको छ।
आजको खेलको विजेताले बंगलादेशसँग उपाधिका लागि खेल्नेछ। नेपाली टोली आजको खेलमा भारतलाई पराजित गर्दै सेमिफाइनल पुग्ने योजनामा छ।
पहिलो खेलमा बंगलादेशसँग २–० ले पराजित भएको महिला टोलीले दोस्रो खेलमा भने भुटानलाई ३–० को फराकिलो अन्तरले हराएको थियो।
उता भारत पनि नेपाललाई हराउँदै फाइनलमा स्थान पक्का गर्न चाहान्छ। उता भारतले भने पहिलो खेलमा भुटानलाई ७–० को फराकिलो अन्तरले हराएको थियो। दोस्रो खेलमा बंगलादेशसँग ३–१ ले पराजित भएको थियो।
336
Shares
प्रतिक्रिया