नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर रोहित चन्द र अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य रवीन्द्र चन्दलाई पितृशोक परेको छ।
उनीहरुका पिता ६९ वर्षीय अर्जुन चन्दको शुक्रबार राति निधन भएको हो।
कलेजोको समस्याका कारण उपचार गराइरहेका चन्दको शुक्रबार राति त्रिवि शिक्षण अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
स्व. चन्दको शनिबार बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। चन्दका श्रीमती, छोरी र २ छोरा छन्। रोहित र रवीन्द्र दाजुभाइ हुन्।
81
Shares
प्रतिक्रिया