ad ad

खेल


बीसीसीआईको ठूलो निर्णय, टेस्ट खेल्ने क्रिकेटरलाई ४५ लाखसम्मको प्रोत्साहन घोषणा

बीसीसीआईको ठूलो निर्णय, टेस्ट खेल्ने क्रिकेटरलाई ४५ लाखसम्मको प्रोत्साहन घोषणा

नेपालखबर
फागुन २६, २०८० शनिबार १८:३३, काठमाडौँ

धर्मशाला टेस्ट एक इनिङ्स र ६४ रनले तथा सिरिज ४–१ ले जितेपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले टेस्ट क्रिकेटलाई प्रवर्द्धन गर्ने उद्देश्यले प्रोत्साहन योजना घोषणा गरेको छ। 

बीसीसीआई सचिव जय शाहले ट्विट गर्दै एक सिजनमा ७५ प्रतिशत टेस्ट खेल्ने क्रिकेटरलाई प्रतिखेल ४५ लाख रुपैयाँ (भारु) दिइने घोषणा गरेका हुन्। 

यस्तै ५० देखि ७५ प्रतिशत टेस्ट खेल्ने क्रिकेटरलाई प्रतिटेस्ट म्याच ३० लाख रुपैयाँ दिइने उनले बताएका छन्। 

सिजनको ७५ प्रतिशत टेस्टमा टिममा समावेश हुने तर प्लेइङ इलेभेनमा छनोट हुन नसकेका क्रिकेटरले प्रतिखेल २२.५ लाख रुपैयाँ पाउनेछन्।

साथै ५० देखि ७५ प्रतिशत टेस्टमा अन्तिम ११ मा पर्न नसकेका क्रिकेटरलाई प्रतिखेल १५ लाख रुपैयाँ प्रोत्साहन भत्ता दिइनेछ।

तर, ५० प्रतिशतभन्दा कम टेस्ट खेल खेल्ने खेलाडीले यसबाट लाभ पाउने छैनन् र उनीहरूलाई कुनै प्रोत्साहन पनि दिइने छैन।

खेलाडीहरूले यो रकम उनीहरूको केन्द्रीय सम्झौता शुल्कको अतिरिक्त पाउनेछन्। यो योजना २०२२/२३ सिजनदेखि लागू हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .