एक साता अघि साउदीमा भएको वाम वुमन्स फुटबलमा नेपालबाट उत्कृष्ट प्रदर्शन गरेका दुई नेपाली फुटबल टोलीका सदस्यलाई आशिका फाउन्डेसनले सम्मान गरेको छ।
शनिबार फाउन्डेसनले फुटबलर प्रीति राई र सविता रानामगरलाई ५० हजार नगदसहित सम्मान गरेको हो।
वाफ वुमन्समा नेपाललाई उपविजेता बनाउन उनीहरूको प्रदर्शन उत्कृष्ट थियो। प्रीतिले सेमिफाइनल र सविताले फाइनलमा गोल गरेकी थिइन्।
राई र सविता दुवैले ०७८ भदौमा दशरथ रंगशालामा भएको बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा दुवैले राष्ट्रिय टिममा डेब्यू गरेका थिए।
2.2k
Shares
प्रतिक्रिया