धरानमा भइरहेको प्रतिष्ठित अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता आईएमई पेबाट सजिलै टिकट काटेर हेर्न मिल्ने भएको छ।
फागुन २६ शनिवारदेखि सुरु बुढासुब्बा गोल्डकप फुटबल २४ औँ संस्करण हेर्न सहज बनाउने उद्देश्यले आईएमई पेबाट सजिलै टिकट काटेर हेर्ने व्यवस्था मिलाइएको हो।
चैत ३ गतेसम्म आयोजना हुने प्रतियोगिता अवधि भर आइएमई पे बाट टिकट काट्न मिल्ने छ।
यस पटकको बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा ८ वटा क्लब सहभागी छन्।
प्रतिक्रिया