साफ यू–१६ वुमन्स च्याम्पियनसिपको उपाधि साविक विजेता बंगलादेशले उचालेको छ।
आइतबार भएको उपाधि भिडन्तमा बलियो प्रतिद्वन्द्वी भारतलाई टाइब्रेकरमा हराउँदै बंगलादेशले उपाधि चुमेको हो।
निर्धारित समयमा दुवै पक्षले १–१ गोल गरेर खेल बराबरी भएपछि उपाधिको छिनोफानो टाइब्रेकरबाट गरिएको हो।
बंगलादेशकी किपर इयरजान बेगमले पेनाल्टी सुटआउटमा उत्कृष्ट प्रर्दशन गरिन्।
उनकै उत्कृष्ट प्रदर्शनबाट भारतलाई असफल बनाउँदै बंगलादेशले उपाधि रक्षा गरेको हो।
105
Shares
प्रतिक्रिया