ad ad

खेल


सुनसरीको दशगजामा सशस्त्र प्रहरी र भारतीय एसएसबीबीच भलिबल

सुनसरीको दशगजामा सशस्त्र प्रहरी र भारतीय एसएसबीबीच भलिबल

तस्बिर : सशस्त्र प्रहरी


नेपालखबर
फागुन २८, २०८० सोमबार १७:३१, काठमाडौँ

सुनसरीस्थित नेपाल-भारत सीमा क्षेत्रमा पछिल्लो समय सशस्त्र प्रहरीले आफ्ना गतिविधि बढाउँदै लगेको छ।

नेपालतर्फका बासिन्दासँग विभिन्न गतिविधिमार्फत जोडिइरहेको सशस्त्र प्रहरी बलले छिमेकी सुरक्षाकर्मीसँग पनि सम्बन्ध बढाउँदैछ। 

'सीमाबासीसँग सशस्त्र प्रहरी बल नेपाल कार्यक्रम' अन्तर्गत सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेडक्वार्टर सुनसरीले सीमा पैदल यात्रा तथा अन्तर्क्रिया कार्यक्रम, संयुक्त सीमा गस्ती, सीमा स्तम्भको मर्मत सम्भार तथा रंगरोगन गरिसकेको छ। 

यसैबीच सशस्त्र प्रहरी बल, नेपाल र समकक्षी भारतीय सुरक्षा निकाय एसएसबीसँग सम्बन्ध बढाउन मैत्रीपूर्ण भलिबल खेल आयोजना गरियो।

सोमबार सुनसरीको कोशी गाउँपालिका-६ यादव टोलस्थित नेपाल-रत सहायक सीमास्तम्भ नं. २०२/१ डब्लुपी ८१ नजिकै दशगजामा उक्त खेल सम्पन्न भएको हो। 

उक्त खेलमा भारतीय समकक्षी एसएसबी ४५ बटालियन ३-१ सेटले विजयी भएको छ। 

उक्त खेलमा नेपालतर्फबाट सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यसहित सुरक्षा समितिका अन्य पदाधिकारी उपस्थित थिए। 

भारतर्फबाट सुपौलका  जिल्लाका सहायक जिल्ला मजिस्ट्रेट निरजकुमार, एसएसबी ४५ बटालियनका कमाण्डेण्ट गौरभ सिंह पनि कार्यक्रममा उपस्थित थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .