हङकङमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध खेलमा नेपाललाई चौथो सफलता प्राप्त भएको छ।
नेपालले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको पीएनजीले चौथो विकेट गुमाएको हो।
प्रतिश जिसीले ८.२ ओभरमा पीएनजीका हिरी हिरीलाई २८ रनमा क्याच आउट गराएका हुन्।
यसअघि पार्ट टाइम बलर कुशल भुर्तेलले ७.५ ओभरमा पीएनजीका कप्तान असद भालालाई ९ रनमा क्याच आउट गराएका हुन्।
त्यसअघि नेपालले पीएनजीको दोस्रो विकेट लिएको थियो। गुलशन झाले सेसे बाउलाई २१ रनमा रनआउट गरेका थिए।
नेपाललाई पहिलो सफलता बायाँहाते तीव्र गतिका बलर प्रतिश जिसीले दिलाएका थिए। उनले तेस्रो ओभरको अन्तिम बलमा टोनी उरालाई १३ रनमा बोल्ड गरे।
21
Shares
प्रतिक्रिया