प्रथम रसुवा नेकोस कप खुल्ला जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि नौकुण्ड युवा समाजले हात पारेको छ।
ग्याल्बो ल्होछारको अवसरमा कालिका हिमालय माविको खेलमैदानमा भएको भलिबल खेलमा नेकोस आयोजक टिम दोस्रो भएको छ।
तृतीय पुरस्कार ज्याङलाङ युवा समूह पाएको छ।
नेपाल पुलिस क्लबसहित २० वटा टिम सहभागी प्रतियोगिताको प्रथमलाई ७७ हजार ७ सय ७७ रूपैयाँ का साथै मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरेका छन्।
त्यस्तै दोस्रोलाई ४४ हजार ४ सय ४४ रुपैयाँ प्रमाणपत्र र ट्रफि र तृतीय हुनेलाई २२ हजार २ सय २२ रुपैयाँ र प्रमाणपत्र र ट्रफि प्रदान गरिएको थियो।
प्रतियोगितामा उत्कृष्ट खेलाडी नितेस लोप्चन, अनुशासित खेलाडी प्रकाश वाइवा, उत्कृष्ट स्पाईकर सुजन ग्यामदान, उत्कृष्ट ब्लकर राजकुमार नेगी, उत्कृष्ट डिफेन्डर प्रविन शेर्पा, उत्कृष्ट लिफ्टर, म्यान अफ दि म्याच नितेस र उत्कृष्ट कोच शीला स्याङवालगायतलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो।
क्वार्टर फाइनलदेखि म्याच अफ दी म्याचलाई पनि ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिएको आयोजक नेकोस रसुवाका अध्यक्ष विराज तामाङले बताए।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा रसुवाको प्रतिनिधित्व गरी पदक विजेताहरुलाई पनि सम्मान गरियो। मिस तामाङमा तेस्रो रनर अप प्रतियोगी पेमा डोल्मा तामाङलाई पनि सम्मान गरिएको थियो।
Shares
प्रतिक्रिया