साविक विजेता म्यानचेस्टर सिटी र स्पेनिस महारथि रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमै भिड्ने भएका छन्।
पछिल्लो समय युरोपियन उपाधिका लागि कडा प्रतिद्वन्द्वी यी दुई क्लबबीच यो सिजन अन्तिम ८ मै टक्कर हुने भएको हो।
अघिल्लो सिजनको सेमिफाइनल भिडन्तमा सिटीले रियलविरुद्ध एकपक्षीय नतिजा निकालेको थियो।
मड्रिडलाई समग्रमा ५-१ गोलले पराजित गर्दै सिटी फाइनल पुगेको थियो। उसले गत सिजन फाइनलमा इन्टरमिलानलाई हराउँदै पहिलो पटक युरोपेली उपाधि जितेको थियो।
तर यस पटक सिटी र मड्रिड अन्तिम ८ मै भिड्ने ड्र युईएफएले सार्वजनिक गरेको हो।
उता १० वर्षपछि अन्तिम ८ मा पुगेको इङ्लिस क्लब आर्सनलले बलियो प्रतिद्वन्द्वीको सामना गर्नुपर्ने भएको छ।
उसले जर्मन च्याम्पियन बायर्न म्युनिखसँग भिड्नुपर्ने भएको छ।
स्पेनिस क्लब एट्लेटिको मड्रिड र जर्मन क्लब बोरुसिया डर्टमन्ड पनि अन्तिम ८ मा भिड्ने भएका छन्।
उता फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन र स्पेनिस च्याम्पियन बार्सिलोनाबीच क्वार्टरफाइनल भिडन्त हुने भएको छ।
Shares
प्रतिक्रिया