पाकिस्तानका फास्ट बलर मोहम्मद आमिरले पाकिस्तान क्रिकेट बोर्डसँगको वार्तापछि आईसीसी टी–२० विश्वकपका लागि फेरि मैदानमा फर्कने तयारी गरेका छन्।
आमिरले २०२१ मा अन्तर्राष्ट्रिय क्रिकेटका सबै फर्म्याटबाट सन्न्यास लिएका थिए।
३१ वर्षीय फास्ट बलर हालै पाकिस्तान सुपर लिगमा क्वेटा ग्लाडिएटर्ससँग खेलेका थिए। उनले ९ खेलमा ८.४१ को इकोनोमी रेटमा १० विकेट लिएका थिए।
आमिरले सामाजिक सञ्जालमार्फत टी–२० विश्वकप खेल्ने इच्छा व्यक्त गरेका छन्।
I still dream to play for Pakistan!
life brings us to the points where at times we have to reconsider our decisions, There has been few positive discussions between myself and the PCB where they respectfully made me feel that I was needed and can still play for Pakistan after…— Mohammad Amir (@iamamirofficial) March 24, 2024
उनले लेखेका छन्, ‘म अझै पनि पाकिस्तानका लागि खेल्ने सपना देख्छु। जीवनले हामीलाई यस्तो मोडमा ल्याउँछ, जहाँ हामीले हाम्रा निर्णयमा पुनर्विचार गर्नुपर्छ।’
उनले अगाडि लेखेका छन्, ‘म र पीसीबी बीच केही सकारात्मक कुराकानी भएको छ, उसले सम्मानजनक रूपमा मेरो आवश्कयता छ भन्ने कुरा मलाई महसुस गराए र म पाकिस्तानका लागि खेल्न सक्छु। मेरो परिवार र शुभचिन्तकसँग कुरा गरेपछि म भन्न चाहन्छु– विश्वकपका लागि म उपलब्ध हुन्छु। म आफ्नो देशका लागि यति गर्न चाहन्छु।’
Shares
प्रतिक्रिया