फिफा विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाली राष्ट्रिय फुटबल टोली दोस्रो लेगमा पनि पराजित भएको छ।
बहराइन नेशनल स्टेडियममा गएराति भएको खेलमा नेपाली टोली बहराइनसँग ३–० गोल अन्तरले पराजित भएको हो। नेपालले तीनै गोल पहिलो हाफमा खाएको थियो।
नेपाल पहिलो लेगमा ५–० ले पराजित भएको थियो। बहराइनको घरेलु मैदानमा भएको दुबै खेलमा नेपालले समग्रमा ८–० को हार भोग्यो।
दोस्रो चरणमा चार खेल खेलेको नेपाल अंक विहिन रुपमा अंक तालिकाको पुछारमा छ। यसअघि नेपालले यमनविरुद्ध २–० र युएईविरुद्ध ४–० ले पराजित भएको थियो।
युएई १२ अंकमा शीर्ष र ९ अंक भएको बहराइन दोस्रो स्थानमा छ। ३ अंक भएको यमन तेस्रो स्थानमा रहँदा नेपालले अंकको खाता खोल्न सकेको छैन।
दोस्रो लेग अन्तर्गत नेपालले अब आगामी जुनमा युएई र यमनसँग खेल्नेछ।
147
Shares
प्रतिक्रिया