अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगललाई कमजोर मानिएको स्लोभेनियाले स्तब्ध बनाएको छ।
स्टोजिस स्टेडियममा बुधबार बिहान भएको खेलमा स्लोभेनियाले पोर्चुगललाई २–० गोलले हराएको हो।
पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले समेत खेलेको खेलमा स्लोभानियाले जित निकाल्यो।
स्लोभेनियालाई जिताउन एडम नेज्डा करिन र टिमी म्याक्स एल्सनिकले १-१ गोल गर्न सफल भए।।
स्लोभानियाका लागि ७२औँ मिटमा नेज्डाले पहिलो गोल गरे। त्यसपछि खेलको ८०औँ मिनेटमा म्याक्स एल्सनिकले गोल गर्दै २-० को जित पक्का गरे।
पोर्चुगल पराजित भएपछि कप्तान रोनाल्डो आक्रोशित हुँदै मैदानबाट बाहिरिएका थिए।
उता बुधबार नै बिहान भएको खेलमा विश्वविजेता अर्जेन्टिनाले कोस्टारिकालाई ३-१ गोलअन्तरले पराजित गरेको छ।
कप्तान लियोनेल मेस्सीलाई आराम दिइएको खेलको पहिलो हाफमा १-० ले पछि परेको अवस्था उल्ट्याउँदै अर्जेन्टिनाले जित निकालेको हो।
अर्जेन्टिनाको जितमा एन्जेल डि मारिया, लौटारो मार्टिनेज र एलेक्सिस म्याक एलिस्टरले व्यक्तिगत १-१ गोल गर्न सफल भए।
पराजित कोस्टारिकाका लागि मान्फ्रेड युगाल्डेले पहिलो हाफको ३४ औँ मिनेटमा गोग गर्दै अग्रता दिलाएका थिए। तर अर्जेन्टिनाले दोस्रो हाफमा सबै तीन गोल गर्दै जित निकाल्यो।
Shares
प्रतिक्रिया