सहिद स्मारक सी डिभिजन लिग आज (बिहिबार) देखि सुरु हुँदैछ।
लिगको पहिलो खेलमा आरसी ३२ फुटबल एकेडेमी र खालीबारी युवा फुटबल क्लब भिड्दैछन्।
ललितपुरको सादतोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ। लिगको पहिलो दिन १ खेलमात्र हुनेछ।
लिगका लागि साधारण प्यारापिटतर्फ १ सय र भिआइपी प्यारापिटतर्फ २ सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ।
करिब ३ महिना हुने खेल सिंगल राउण्ड रोविनका आधारमा हुने छ। खेलमा कुल ९१ वटा खेल हुनेछन्। लिगमा देशभरका १४ क्लब सहभागी हुनेछन्।
लिगको उपाधि विजेताले १० लाख तथा उपविजेताले ७ लाख रुपैयाँ प्राप्त गर्नेछ। तेस्रो हुने टोलीले ५ लाख रुपैयाँ पाउनेछन्। फेयर प्ले टोलीले ५० हजार रुपैयाँ पाउनेछन्।
व्यक्तीगत विधातर्फ उत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ पाउनेछन्। उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले जनही ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। हरेक खेलको प्लेयर अफ दि म्याचले ५ हजार रुपैयाँ पाउनेछन्।
Shares
प्रतिक्रिया