सन् २०२४ को युरोकपमा उपाधि दाबेदारका रूपमा हेरिएको इङ्ग्ल्यान्डले डेनमार्कसँग बराबरी खेल्दै अंक बाँडेको छ।
गएराति भएको प्रतिस्पर्धामा इङ्ग्ल्यान्ड र डेनमार्कले १–१ गोलको बराबरी गरेका हुन्।
खेलको १८औँ मिनेटमा कप्तान ह्यारी केनको गोलमा इङ्ग्ल्यान्डले सुरुवाती अग्रता बनाएको थियो।
तर ३४औँ मिनेटमा क्यास्पर ह्युमलन्डको गोलमा डेनमार्क बराबरीमा आएको थियो। तर त्यसपछि खेलमा थप गोल हुन नसक्दा इङ्ग्ल्यान्ड अंक बाड्न बाध्य भयो।
इङ्ग्ल्यान्डले पहिलो खेलमा सर्बियालाई १–० गोलले नै हराएको थियो।
बराबरीसँगै समूह सीको इङ्ग्ल्यान्डले २ खेलबाट ४ अंक बनाएको छ।
समान २ खेलबाट डेनमार्क र स्लोभेनियाको २ अंक नै छ।
सर्बियाको भने १ अंक छ।
गएराति नै भएको खेलमा सर्बिया र स्लोभेनियाले १–१ को बराबरी गर्दै अंक बाँडेका थिए।
249
Shares
प्रतिक्रिया